भारतमा हुने लोकसभा निर्वाचनका कारण भारतसँग जोडिएका पर्साका सीमानाका ३ दिन बन्द हुने | ईमाउण्टेन समाचार

Our Network

फागुन २२ २०८२, शनिबार

भारतमा हुने लोकसभा निर्वाचनका कारण भारतसँग जोडिएका पर्साका सीमानाका ३ दिन बन्द हुने

भारतमा हुने लोकसभा निर्वाचनलाई लक्षित गर्दै भारतसँग जोडिएका वीरगञ्जसहित पर्साका सीमानाका तीन दिन बन्द हुने भएका छन् ।

जिल्ला प्रशासन कार्यालय पर्साले यही जेठ १० देखि १२ गते साँझ ६ बजेसम्म भारतसँग सीमा जोडिएका पर्साका सीमानाका बन्द हुने जनाएको हो ।

जिल्ला प्रशासन कार्यालय पर्साले भारतको विहार राज्यको पश्चिम चम्पारण जिल्लामा जेठ १२ गते हुने लोकसभा निर्वाचनलाई लक्षित गरी दुई देशबीचको सीमानाका बन्द गर्न लागिएको जनाएको छ ।

दुवै मुलुकमा निर्वाचन हुँदा ४८ घण्टा अगावै सीमानाका बन्द गर्ने परम्पराअनुसार सीमानाका बन्द गर्न लागिएको हो ।

पर्साको एक सय सात किलोमिटर सीमा क्षेत्र भारतसँग जोडिएको छ । सीमा बन्दका लागि दुवै मुलुकको निर्णय भएको र पत्रबाट समेत अनुरोध आएको जिल्ला प्रशासन कार्यालय पर्साले जनाएको छ ।

नेपालमा निर्वाचन हुँदा पनि भारतको सीमानाका बन्द गर्ने गरिएको छ । ०००

Leave a Reply