प्रधानमन्त्री प्रचण्ड सत्ताका लागि जे गर्न पनि तयार हुने डा. बाबुराम भट्टराईको आरोप | ईमाउण्टेन समाचार

Our Network

भदौ २६ २०८३, शनिबार

प्रधानमन्त्री प्रचण्ड सत्ताका लागि जे गर्न पनि तयार हुने डा. बाबुराम भट्टराईको आरोप

नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले प्रधानमन्त्री प्रचण्ड सत्ताका लागि जे पनि गर्न तयार हुने गरेको आरोप लगाउनुभएको छ ।

१३५ आंैं अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा बुधवार काठमाडौंको शान्तिवाटिकामा आयोजित एक कार्यक्रममा अध्यक्ष डा. बाबुराम भट्टराईले प्रचण्डमाथि सत्ताका लागि जेपनि गर्न तयार हुने गरेको आरोप लगाउनु भएको हाृ ।

अध्यक्ष भट्टराईले कहिले काँग्रेस र एमालेसँग पछि लागेर प्रचण्ड सत्ताका लागि मरिहत्ते गरिरहेको स्पष्ट नै भइसकेको बताउनु भयो ।

आफूले गत निर्वाचनमा माओवादी केन्द्रसँग सहकार्य गरेर गोरखाको सिट प्रचण्डलाई छाडेर गल्ती गरेको गुनासो गर्नु भयो ।

अध्यक्ष भट्टराईले दाहालले निर्वाचन अघि भिजेको बिरालो जस्तो भएर गोरखामा चुनाव लड्नका लागि अनुनय विनय गरेपनि जितेपछि सिंह जस्तो भएर गर्जिन थालेको भन्दै आक्रोश व्यक्त गर्नुभयो ।०००

Leave a Reply