भारतको नैनीतालमा मृत्यु भएका सात नेपाली मध्ये सबै महेन्द्रनगरका बासिन्दा | ईमाउण्टेन समाचार

Our Network

मंसिर १० २०८१, सोमबार

भारतको नैनीतालमा मृत्यु भएका सात नेपाली मध्ये सबै महेन्द्रनगरका बासिन्दा

काठमाडौं,२८ चैत्र । भारतको उत्तराखण्ड राज्यको नैनीतालको बेतालघाटमा गाडी दुर्घटना हुँदा सात नेपालीसहित आठ जनाको ज्यान गएको छ । नैनीताल क्षेत्रको बेतालघाटको खोँचमा गाडी खस्दा सात नेपालीसहित आठ जनाको ज्यान गएको र अन्य तीन जना घाइते भएका भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

ज्यान गुमाउनेमा नेपालीमा विश्राम चौधरी, धीरज , अनन्तराम चौधरी, विनोद चौधरी, उदयराम चौधरी, तिलक चौधरी र गोपाल रहेको खबरमा उल्लेख छ । दुर्घटनामा भारतीय चालक राजेन्द्र कुमारको पनि ज्यान गएको छ । यस्तै दुर्घटनामा दुई जना नेपाली शान्ति चौधरी र छोटु चौधरी घाइते भएका छन् । उनीहरूको स्थानीय अस्पतालमा उपचार भइरहेको छ ।

ज्यान गुमाउने र दुर्घटनामा पर्ने नेपाली महेन्द्रनगरका रहेका खबरमा उल्लेख छ । मृतकहरू बेतालघाटको जल जीवन परियोजनामा कार्यरत रहेको बताइएको छ । काम सकिएपछि नौ जना नेपाली कामदार रामनगर हुँदै चम्पावत जिल्लाको टनकपुरमा फर्कन चढेको जीप दुर्घटनामा परेको बेतालघाट प्रहरी कार्यालयका अधिकारीलाई उद्धृत गर्दै भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);