हात्तीवनस्थित मेटल उद्योगमा आगलागी हुँदा जलेका पुरुषको पहिचान खुल्यो | ईमाउण्टेन समाचार

Our Network

भदौ २७ २०८३, आइतबार

हात्तीवनस्थित मेटल उद्योगमा आगलागी हुँदा जलेका पुरुषको पहिचान खुल्यो

काठमाडौं,२५ चैत्र । ललितपुरको हात्तीवनस्थित मेटल उद्योगमा आगलागी हुँदा जलेर मृत्यु भएका पुरुषको पहिचान खुलेको छ ।

मृतक काभ्रे भुम्लु गाउँपालिका सल्लेका ५० वर्षीय राजुठकुरी भनिने भोजबहादुर पहरी रहेको ललितपुर प्रहरीले जनाएको छ । हात्तीवनस्थित सिक्मा मेटल इन्टेक्स प्रालिमा शुक्रबार बिहान ६ बजे आगलागी भएको थियो ।

आगो निभाइसकेपछि विक्षिप्त अवस्थामा भेटिएको शवको पहिचान हुन नसक्दा सनाखत हुन सकेको थिएन । पछि मृततका आफन्त आएर शवको सनाखत गरेको प्रहरीले जनाएको छ ।

Leave a Reply