जलवायु अनुकुलनलाई प्राथमिकता दिदै राष्ट्रिय अनुकुलन योजना कार्यान्वयन | ईमाउण्टेन समाचार

Our Network

जेठ ८ २०८१, मंगलबार

जलवायु अनुकुलनलाई प्राथमिकता दिदै राष्ट्रिय अनुकुलन योजना कार्यान्वयन

काठमाडौं,२० चैत वन तथा वातावरण मन्त्री नवलकिसोर साह सुडीले जलवायु अनुकुलनलाई प्राथमिकता दिदै राष्ट्रिय अनुकुलन योजना कार्यान्वयन गरिरहेको बताउनुभएको छ ।

मंगलवारको प्रतिनिधि सभा बैठकमा सांसदहरुको प्रश्नमा मन्त्री सुडीले जलवायु अनुकुलनलाई प्राथमिकता दिएर सन् २०५० सम्मको लागि मध्यमकालिन र दिर्घकालिन रणनीतिसहितको राष्ट्रिय अनुकुलन योजना तयार भइ कार्यान्वयनमा रहेको जानकारी गराउनु भएको हो ।

उहाँले यस योजनामा आठ विषयगत क्षेत्र र दुई अन्र्तसम्बन्धित क्षेत्रमा ६४ वटा प्राथमिकताप्राप्त कार्यक्रमहरु पहिचान गरिएको उल्लेख गर्नुभयो ।

उहाँले सन् २०४५ सम्ममा शुन्य कार्बन उत्र्सजनको लक्ष्य सहितको दीर्घकालिन रणनीति लागू गरेको पनि बताउनु भयो ।

मन्त्री सुडीले अन्तर्राष्ट्रिय जलवायु संयन्त्रहरुमा पहुँच र जलवायु वित्तको प्रभाव बढाउने र पर्वतिय मुलुकहरु र हिमाली क्षेत्रमा परेको जलवायुका असरहरुसँग जुध्न सरकार प्रतिवद्धरहेको स्पष्ट पार्नुभयो ।

उहाँले वातावरण व्यवस्थापनका लागि अन्तर्राष्ट्रिय स्तरबाट आउने वित्तमा कमी नहुने विश्वास व्यक्त गर्नुभयो ।०००

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);