इजिप्टले कुखुरा र अण्डाको मूल्य १५ प्रतिशतसम्म घटाउने | ईमाउण्टेन समाचार

Our Network

असोज १७ २०८१, बिहीबार

इजिप्टले कुखुरा र अण्डाको मूल्य १५ प्रतिशतसम्म घटाउने

egg

एजेन्सी,२० चैत्र । इजिप्टका प्रधानमन्त्री मोस्तफा मदबोलीले सोमवार कुखुरा र अण्डाको मूल्य १० प्रतिशतदेखि १५ प्रतिशतसम्म घटाउने पहल शुरु गर्नुभएको छ ।

इजिप्टका कृषि र भूमिमन्त्रीले यो पहल राजनीतिक नेतृत्वको निर्देशनका साथै सरकारको पहल र वस्तुको मूल्य घटाउने प्रयासको प्रतिक्रियामा आएको बताउनु भयो । यस पहलको फलस्वरूप, फार्ममा एक किलोग्राम कुखुराको मूल्य ८५ इजिप्टियन पाउण्ड र टेबुल अण्डाको डिब्बाको मूल्य १३५ पाउण्ड तोकिएको छ ।

मन्त्रीले यी घोषित मूल्यबारे प्रकाश पार्दै उपभोक्तालाई कुखुराको लागि अधिकतम ९५ पाउण्ड र अण्डाको लागि १४५ पाउण्ड मूल्य निर्धारण गर्ने पुष्टि गर्नुभयो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);