सोलुखुम्बुको दुधकोशीमा मोटेरबुल पुल निर्माण सम्पन्न | ईमाउण्टेन समाचार

Our Network

असोज १५ २०८१, मंगलबार

सोलुखुम्बुको दुधकोशीमा मोटेरबुल पुल निर्माण सम्पन्न

काठमाडौं,२८ फागुन । सोलुखुम्बुको माप्य दुधकोशी गाउँपालिका वडा नम्बर २ मा ३ करोड २८ लाखमा मोटेरबुल पुल निर्माण सम्पन्न भएको छ । आईतवार एक कार्यक्रमबीच १८ मिटर लामो मोटरेबल पुल उद्घाटन भएको हो ।

पुलको उद्घाटन प्रतिनिधि सभा सदस्य मानवीर राईले गर्नुभयो । कार्यक्रममा पूर्वविदेशमन्त्री बुद्धिकुमार राजभण्डारीको पनि उपस्थिति रहेको थियो । मोटरेबल पुलको उद्घाटनसँगै तरकारी मासुजन्य खाद्य सामग्री, पर्यटन र आर्थिक उन्नति हुने विश्वास दुवै गाउँपालिकाको छ । खुम्बु पासाङ ल्हामु गाउँपालिकाका अध्यक्ष मिङ्मा छिरी शेर्पाले आगामी दिनमा गाउँपालिकाको विकासमा आफू पछि नहट्ने बताउनु भयो ।

त्यस्तै माप्य दुधकोशी गाउँपालिकाका अध्यक्ष बुद्धिकिरण राईले नगरपालिकाको आर्थिक विकासदेखि अन्य विकास निर्माणका कामहरु अघि बढाउँदै लैजाने प्रतिवद्धता जनाउनु भयो । कार्यक्रमकमा बोल्दै पूर्वमन्त्री बुद्धिकुमार राजभण्डारीले प्रदेश सरकारले २५ लाख भन्दा मुनिका बजेट स्थानीय तहलाई दिनुपर्ने बताउनु भयो । खानेपानीको समस्या करिव समाधान भइसकेको भन्दै उहाँले सडकको समस्या पनि समाधान गर्नेतर्फ आफू अग्रसर रहेको बताउनु भयो ।

त्यस्तै प्रतिनिधि सभा सदस्य मानवीर राईले संघीय बजेट सो क्षेत्रमा लगाउन पहल गर्ने प्रतिवद्धता जनाउनु भयो । मोटेरेबुल पुलले छलाङ्ग मार्ने र पर्यटनमा थप टेवा पुगेको भन्दै उहाँले गाउँपालिकाको आर्थिक उन्नतिका लागि थप प्रयास गर्ने बताउनु भयो । उहाँले पुलले आन्तरिक तथा वाह्य पर्यटक भित्र्याउनसमेत मद्दत गर्ने र स्थानीयहरुलाई पनि आवतजावतमा धेरै स्हज हुने बताउनु भयो ।

 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);