कबड्डी सुपर लिगमा आर्मी र पुलिस विजयी | ईमाउण्टेन समाचार

Our Network

असोज १८ २०८१, शुक्रबार

कबड्डी सुपर लिगमा आर्मी र पुलिस विजयी

काठमाडौं,२४ फागुन । नेपाल पुलिस र त्रिभुवन आर्मी क्लबले बुधवारदेखि शुरु भएको महिला तथा पुरुष कबड्डी सुपर लिग प्रतियोगितामा सुखद् शुरुवात गरेका छन् । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा भएको प्रतियोगितामा पुलिस महिलातर्पm र आर्मीले पुरुषमा सफलता हात पारेका हुन् ।

मानमती बिष्टप्रेरित पुलिसले एपिएफलाई ३८–३० स्कोर हराउँदै सुखद शुरुवात गरेको हो । मानमती प्लेअर अफ दी म्याचसमेत भइन् । पुरुषमा भने आर्मीले विभागीय प्रतिद्वन्द्वी एपिएफलाई ३९–२२ ले हरायो । दिनको तेस्रो खेल पुरुषतर्पm नेपाल पुलिस र उपत्यकाबीच तय थियो । तर उपत्यकाले वाक ओभर दिएपछि पुलिसले सहजै अंक प्राप्त गर्ने अवसर पायो ।

नेपाल कबड्डी संघको आयोजनामा भएको प्रतियोगितामा पुरुषमा आर्मी, एपिएफ, नेपाल पुलिस र उपत्यकाले प्रतिष्पर्धा गरिरहेका छन् । महिलामा भने पुलिस, एपिएफ र उपत्यकाले प्रतिष्पर्धा गर्दैछन् । दुवैतर्पm लिगमा शिर्ष दुई टोलीले फाइनल खेल्नेछन् । महिला र पुरुष दुवैका विजेताले २५ हजार, दोस्रोले १५ हजार र तेस्रोले १५ हजार रुपैयाँ नगद पुरस्कार पाउनेछन् । प्रत्येक खेलका प्लेअर अफ दी म्याचले दुई हजार पाँच सय नगद पुरस्कार पाउने आयोजकले जनाएको छ । प्रतियोगिताका उत्कृष्ट पुरुष र महिला खेलाडीले भने ट्रफी पाउने संघका महासचिव अरविन्दकुमार झाले जानकारी दिए ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);