नयाँ गठबन्धनमा सहभागीताबारे नेकपा एस अझै अनिर्णित | ईमाउण्टेन समाचार

Our Network

फागुन २८ २०८२, शुक्रबार

नयाँ गठबन्धनमा सहभागीताबारे नेकपा एस अझै अनिर्णित

बुधवार बसेको सचिवालय बैठकले सत्ता गठबन्धनमा सहभागी हुन सकारात्मक रहेको तर निर्णय भने गरि नसकेको बताएको हो ।

नेकपा एसका उपमहासचिव जगन्नाथ खतिवडाका अनुसार पार्टीले सरकारमा सहभागी हुन केही शर्त अघि सारेको छ ।

जसमा सरकारले देशको आर्थिक संकटको समाधान गर्दै उत्पादन वृद्धि र रोजगारी सिर्जना गर्न, राष्ट्रियताको रक्षा र संवद्र्धन गर्न, भ्रष्टाचारको अन्त्य तथा सुशासनको स्थापना गर्न, महंगी नियन्त्रण लगायत जनताका समस्याहरुको समाधान गर्ने र सन्तुलित परराष्ट्र सम्बन्ध कायम गर्ने भएमात्रै सरकारमा सहभागी हुने भएको हो ।

पार्टीले नयाँ सत्ता गठबन्धनमा सहभागी हुने÷नहुनेबारे सत्ता साझेदार दलहरुसँग छलफल गर्न अध्यक्ष माधवकुमार नेपाल, उपाध्यक्ष प्रमेश हमाल र महासचिव घनश्याम भुसाललाई जिम्मेवारी दिएको छ । ०००

Leave a Reply