२३ फागुन, काठमाडौं । सत्ता गठबन्धनले १७ मन्त्रालयको भागबण्डा मिलाएका छन् ।
गठबन्धनमा सहमति भएपछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले १७ जना मन्त्रीहरूको कार्यविभाजन पनि गरेका छन् ।
उनीहरुको शपथका लागि राष्ट्रपति कार्यालयमा पत्र पठाइएको छ ।
तीन जना मन्त्रीले सोमबारै शपथ लिएकाले बुधबार ५ बजे १४ जनाले मात्र शपथ लिनेछन् ।