शीतकालीन ओलम्पिकमा रुसका खेलाडीले स्वतन्त्र रुपमा प्रतिष्पर्धा | ईमाउण्टेन समाचार

Our Network

फागुन ७ २०८२, शुक्रबार

शीतकालीन ओलम्पिकमा रुसका खेलाडीले स्वतन्त्र रुपमा प्रतिष्पर्धा

एजेन्सी, १२ माघ । दक्षिण कोरियाको प्योङच्याङमा आगामी फेब्रुअरीमा हुने शीतकालीन ओलम्पिकमा रुसका १ सय ६९ खेलाडीले स्वतन्त्र रुपमा प्रतिस्पर्धा गर्ने भएका छन् ।

सरकारकै संलग्नतामा खेलाडीले शक्तिबर्धक औषधि प्रयोग गरेको आरोपमा अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी (आइओसी) ले रुसमाथि विन्टर ओलम्पिकमा सहभागी हुन नपाउने गरी प्रतिबन्ध लागाएको छ । तर, खेलाडीले स्वतन्त्र रुपमा सहभागिता जनाउन पाउने नियम अनुसार फेब्रुअरीमा हुने शीतकालीन ओलम्पिकका लागि १ सय ६९ रुसी खेलाडीले प्रतिष्पर्धा गर्न लागेका हुन् ।

रुसमाथि रियो ओलम्पिकमा पनि प्रतिबन्ध लगाइएको थियो । सन् २०१४ मा सोचीमा भएको प्रतिस्पर्धामा राज्यकै संलग्नतामा डोपिङ भएको आरोपमा रुसमाथि प्रतिबन्ध लागेको हो ।