यसरी भयो प्रतिनिधि सभा बैठक अवरुद्ध | ईमाउण्टेन समाचार

Our Network

मंसिर १७ २०८१, सोमबार

यसरी भयो प्रतिनिधि सभा बैठक अवरुद्ध

काठमाडौं,११ फागुन । प्रमुख प्रतिपक्ष दल लगायतका प्रतिपक्ष दलहरुले प्रतिनिधि सभा बैठक अवरोध गरेका छन् । शुक्रवारको प्रतिनिधि सभा बैठकमा आकस्मिक समयमा सांसदहरुले आ–आफ्नो कुरा राख्दै गर्दा आपत्ति जनाउँदै प्रतिपक्ष दलहरुले प्रतिनिधि सभा बैठक अवरोध गरेका हुन् । आकस्मिक समयमा बोल्ने क्रममा नेपाली कांग्रेसका सांसद राजेन्द्रकुमार केसीले बिहीवार विधेयक प्रश्तुत गर्ने क्रममा प्रतिपक्षी दलहरुले गणपूरक संख्या नपुगोस् भनेर सांसद निकालेको आरोप लगाएसँगै एमालेले आपत्ति जनाएको थियो । सांसद केसीले विधेयक पारित गर्ने जिम्मा सत्तापक्षको मात्रै हो भनि प्रश्न गर्नुभएको थियो । उहाँले भन्नुभएको थियो – ‘हिजो राजनीतक दल सम्बन्धी विधेयक प्रस्तुत गर्ने बेलामा प्रतिपक्षको अनौठो, अचम्मको नाटक मञ्चन देखियो कि ठ्याक्क गणपूरक संख्या पुग्छ कि भनेर १०÷१५ जना सांसदहरु बाहिर जानुभयो । अत्यन्त दुःखका साथ म प्रतिपक्षका साथीहरुलाई भन्न चाहन्छु, यो केवल सत्तापक्षको मात्रै विधेयक पास गर्ने हो कि अथवा प्रतिपक्षको मात्रै हो सभामुख महोदय ? एक वर्षमा एउटा मात्र विधेयक पेश ग¥यो भनेर आज सर्वत्र आचोलना छ ।’

सांसद केसीको अभिव्यक्तिपछि प्रमुख प्रतिपक्ष दल नेकपा(एमाले) लगायतका प्रतिपक्षी दलहरुले उठेर बिरोध जनाएका थिए । लगत्तै सभामुख देवराज घिमिरेले सांसद केसीलाई बोल्न रोक्दै प्रतिपक्षका कुनै सांसद बोल्नुस् भनेसँगै सभामुखको निर्देशनको बिरोध गर्दै सत्तापक्षिय सांसदहरु पनि उठेका थिए । लगत्तै सभामुखले पुन सांसद केसीलाई बोल्न दिनुभयो । तत्पश्चात बोल्दै सांसद केसीले प्रतिपक्षले जानीजानी विधेयकलाई असफल पार्ने प्रयत्न गरेको बताउनु भयो ।

त्यसपछि बोल्न समय पाएका नेकपा(एमाले)का प्रमुख सचेतक पदम गिरीले आफूहरुले संसद रोक्न र प्रभावित पार्न नचाहेको बताउनु भयो । उहाँले सत्तापक्षले प्रतिपक्षीलाई हिलो छ्यापेर भ्रम सिर्जना गर्न खोजेको बताउनु भयो । उहाँले प्रतिपक्षले विधेयक संसदमा पेश गर्न र कानून निर्माणको लागि कहाँ बाधा पु¥यायो भनेर प्रश्न समेत गर्नुभयो । उहाँले बहुमतको सरकारले संसदबाट विधेयक पास गर्ने आँट देखाउन चुनौति दिनुभयो ।

उहाँले भन्नुभयो – ‘सरकारले रोष्टमबाट सरकारलाई जवाफ दिन होइन सत्तापक्षकै माननीयहरुलाई लगाएर प्रतिपक्षमाथि हिलो छ्याप्ने, भ्रम सिर्जना हुने खालको गरी जुन खालको व्यवहार गरिँदैछ यसप्रति आपत्ति व्यक्त गर्न चाहन्छौँ । प्रतिपक्षको कारणले आज कहाँनिर विधेयक संसदमा पेश गर्न र कानून निर्माणको लागि कहाँनिर बाधा पुग्यो ? यदि बहुमतको सरकारसँग छ भने आफूले प्रश्तुत गर्ने विधेयक संसदबाट पास गर्ने आँट सरकारसँग छ कि छैन । छैन भने राजीनामा दिनुपर्छ ।’

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);