सरकारले नेपाल दूरसञ्चार प्राधिकरणको अध्यक्ष पदमा भूपेन्द्र भण्डारीलाई नियुक्त गरेको छ ।
आईतबार बसेको मन्त्रिपरिषद् बैठकले नेपाल दूरसञ्चार प्राधिकरणको अध्यक्ष पदमा भूपेन्द्र भण्डारीलाई नियुक्त गरेको हो ।
न्त्रिपरिषद्को बैठक सार्वजनिक गर्न मंगलबार आयोजना गरिएको पत्रकार सम्मेलनमा सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सुरक्षण मुद्रण केन्द्रको कार्यकारी निर्देशक विकल पौडेलले अमेरिकाको कानूनी स्थायी आवासिय अनुमती(एलपिआर) लिएको देखिएकोले पदबाट हटाउने निर्णय पनि गरेको छ । बैठकले श्रीलङ्कामा कैदीबन्दी जीवन बिताइरहेका नेपाली
नागरिकहरु चेतबहादुर थापा, सुकबहादुर तामाङ र टेकबहादुर तामाङको सजाय मानविय आधारमा आम माफिको अनुरोध गर्दै राष्ट्रपतिबाट श्रीलङ्काका राष्ट्रपतिलाई अनुरोध गरी पत्र पठाउनका लागि राष्ट्रपति समक्ष सिफारिस गर्ने निर्णय पनि गरेको छ । त्यस्तै, सुरक्षण मुद्रण केन्द्रका लागि आर्थिक वर्ष २०८०÷८१ को असार मसान्तसम्मका लागि अधिकृत स्तरका आठ पदहरुको अस्थायी दरबन्दी स्वीकृत निर्णय पनि भएको छ ।
त्यसैगरी, मन्त्रीपरिषद् बैठकले एनसेलको शेयर खरिद बिक्री भएको भनिएको सम्बन्धमा अध्ययन तथा छानविन गर्न गठित समितिले पेश गरेको प्रतिवेदन कार्यान्वयनका लागि सम्बन्धित निकायहरुमा पठाउने निर्णय पनि गरेको छ




