कठमाडौं । स्थानीय तहको जेठ ३१ गतेका लागि तय गरिएको निर्वाचन एक साता सारिने भएको छ ।
प्रमुख तीन दल नेपाली काँग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्रका शिर्ष नेताको आइतबार राति प्रधानमन्त्री निवास बालुवाटारमा भएको बैठकमा निर्वाचन सार्ने सहमति भएको हो ।
तीन दलले राष्ट्रिय जनता पार्टी (राजपा) नेपाललाई मनाउनका लागि निर्वाचन एक साता सार्ने सहमति भएको बैठकमा सहभागी माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले जानकारी दिनुभयो ।
उहाँले राजपाले निर्वाचनमा भाग लिने विश्वासमा निर्वाचन सार्ने सहमति गरेको बताउनुभयो ।
राजपाले भने निर्वाचनमा भाग लिनका लागि जनसंख्याको आधारमा स्थानीय तहको संख्या थप र संविधान संशोधनलाई आफ्नो सर्तको रुपमा प्रस्तुत गर्दै आएको छ ।




