काठमाडौं,१६ माघ । आज दुई वटा संसदीय समितिको बैठक बस्दैछन् । जसअन्तर्गत शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक बस्दैछ । बैठक बिहान ११ बजे बस्नेछ ।
बैठकमा सुरक्षण मुद्रण विधेयकको सम्बन्धमा छलफल हुनेछ ।
त्यस्तै बिहान ११ बजे नै बस्ने राष्ट्रिय सरोकार तथा समन्वय समितिको बैठकमा राष्ट्रिय निकुञ्ज, आरक्ष ,सरक्षित क्षेत्र र मध्यवर्ती क्षेत्रको विद्यमान अवस्था समस्या र समाधानका उपायका बारेमा छलफल हुनेछ ।