विदेशी कलाकारको विज्ञापनलाई नेपालभित्र सामाजिक सञ्जालमा पनि रोक लगाउँदैछौँः अध्यक्ष हुमागाईं | ईमाउण्टेन समाचार

Our Network

मंसिर ११ २०८१, मंगलबार

विदेशी कलाकारको विज्ञापनलाई नेपालभित्र सामाजिक सञ्जालमा पनि रोक लगाउँदैछौँः अध्यक्ष हुमागाईं

काठमाडौं, १५ माघ ||
विज्ञापन बोर्डका अध्यक्ष लक्ष्मण हुमागाईंले विदेशी कलाकारको विज्ञापनलाई नेपालको सामाजिक सञ्जालमा रोक्नेगरी सामाजिक सञ्जाल सम्बन्धी ऐन बनाइरहेको बताउनुभएको छ । सोमवार काठमाडौंमा भएको विज्ञापनमा कलाकारको भुमिका विषयक अन्तरक्रिया कार्यक्रममा उहाँले यस्तो बताउनुभएको हो । उहाँले यसको लागि मस्यौदा तयार भइसकेको बताउनु भयो । उहाँले विज्ञापन बोर्डले अब विदेशी कलाकारहरुको विज्ञापन सामाजिक सञ्जालमा रोक्ने प्रश्ताव गरेको बताउनु भयो । उहाँले क्लिन फिड पोलिसी बनाएसँगै विदेशी टेलिभिजनहरुमा विदेशी विज्ञापनलाई रोक लागेको बताउनु भयो । नेपाली कलाकारहरुलाई प्रश्रय दिनको लागि र नेपाली कला, संस्कृतिलाई प्रश्रय दिनका लागि डबिङ विज्ञापनलाई पनि रोकेको बताउनु भयो । विज्ञापन नियमन गर्ने ऐन, २०७६ बनाएर ७६ को दफा ३ मा नेपालमा विज्ञापनमा डब गर्न नपाउने व्यवस्था गरिएकाले अहिले नेपालमा कुनैपनि विदेशी कलाकारहरुको विज्ञापन डब गरेर प्रशारण गर्न नपाइने बताउनु भयो । अध्यक्ष हुमागाईंले दुई अर्थी लाग्ने विज्ञापनहरु भए गुनासो गर्न र एक्शनयोग्य गुनासाहरुको सम्बोधन गर्ने प्रतिवद्धता जनाउनु भयो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);