काठमाडौं,८ माघ । आज भारतको अयोध्यास्थित राम जन्मभुमिमा नवनिर्मित राम मन्दीरको प्राण प्रतिष्ठा हुँदैछ । वर्षौंको विवादपछि अयोध्यामा भगवान रामको प्रतीमाको प्राणप्रतिष्ठा हुँदैछ । अहिले अयोध्या र उत्तर प्रदेशमात्रै होइन, पूरै भारत राममय भएको छ ।
श्रीराम जन्मभूमि ट्रस्टले भारतभित्रका ठूलो संख्यामा धर्मगुरू, सन्त–महन्थलाई प्राण प्रतिष्ठामा कार्यक्रका लागि निम्तो दिएको छ । नेपालका दुई दर्जनभन्दा बढी धर्मगुरू, सन्त–महन्थलाई निम्तो गरिएको छ । आएको छ । मुस्लिम र हिन्दु दुवै धर्मको दाबीका कारण विवादीत रहदै आएको अयोध्या सर्वाेच्च अलतको फैसलाले राममन्दिर बनाउने बाटो खुलेको हो । सर्वाेच्च अदालतले सन् २०१९ को नोभेम्बर ९ मा फैसला गर्दै सम्पूर्ण जग्गा राम जन्मभूमिलाई दियो ।
यो ठाउँलाई ‘रामको जन्मस्थल’ भनेर अदालतले मान्यता दिएपछि ४९१ वर्ष पुरानो विवाद टुंगिएको हो । प्राण प्रतिष्ठामा गरिएको निमन्त्रणाले भारतमा भाजपा निकट हिन्दु र अन्य पार्टी निकट हिन्दु भनि कित्ताकाट भएको विश्लेषण पनि गरिएको छ । राम मन्दिरको गर्भ गृहको निर्माण कार्य चलिरहेको छ । केही काम पूरा हुन बाँकी नै छ । निर्माण सम्पन्न नहुँदै प्राण प्रतिष्ठा गर्न किन हतार भन्ने विवादले हिन्दूहरुबीच नै कित्ताकाट भएको हो ? प्राण प्रतिष्ठा कार्यक्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी उपस्थित हुनुहुने छ ।