काठमाडौं,७ माघ । अभिनेत्री करिश्मा मानन्धरले धर्मसंस्कृति मुलुकको आयआर्जनको मुख्य स्रोत बन्न सक्ने टिप्पणी गरेकी छन् । सामाजिक सञ्जालमा एक विज्ञप्ती जारी गर्दै करिश्माले यस्तो बताएकी हुन् ।
उनले लेखेकी छिन्–“धर्मसंस्कृति मार्फत वास्तवमा मुलुकको आयआर्जनको मुख्य स्रोत बन्न सक्ने आधार छन् । ती संस्थाहरु राज्यले नियन्त्रण गरेको भएपनि अहिलेको राज्यले निर्माण गरेको होइन ।” कथित गुरूहरुबाट कानुनी त्रुटी भएपनि नेपाल मन्दिर र गुम्बाहरूले भरिएको देश मुलुक भएको पनि उनको भनाइ छ । लिटिल बुद्धको परिचय बनाएका रामबहादुर बम्जन केही दिनदेखि प्रहरीको हिरासतमा छन् ।
उनीहरुले माईतीघरको निषेधाज्ञा खारेज गर्, अभिव्यक्ति स्वतन्त्रता कामय गर् लगायतका प्लोकार्ड र नारा लगाएर बिरोध प्रदर्शन गरेका थिए ।
मुलुकले नयाँ हुँदै गर्दा नबुझेको कुरा !
नेपाल धर्म परम्पराले बनेको देश हो ,
असमानता पक्कै पनि छ । त्यसलाई समाधान कानुनी रूपमा गर्ने प्रयास हरेक कोणबाट तथ्य बुझेर गर्ने हो ।
कथित गुरूहरुबाट कानुनी त्रुटी भएका छैनन् भन्न सकिन्न ! तर विचार गर्नुपर्ने तथ्य के हो भने नेपाल मन्दिर र गुम्बाहरूले भरिएको देश हो ।
धर्मसंस्कृति मार्फत वास्तवमा मुलुकको आय आर्जनको मुख्य स्रोत बन्न सक्ने आधार छन् ।
ती संस्थाहरु राज्यले नियन्त्रण गरेको भएपनि अहिलेको राज्यले निर्माण गरेको होइन ।
ती कसरी संचालन भइरहेका छन् !
आय व्ययको श्रोत के हो ?
राज्यलाई थाहा छ ?
पशुपति, लुम्बिनी र केही अन्य धार्मिक स्थानमा राजनीतिक नियुक्ति बाहेक अन्य विवरणबारे राज्यलाई होस छ ?
यत्रा मठ मन्दिर कुन खर्चले बनिरहेका छन् ?
कहाँबाट लगानी आउँछ ?
राज्यलाई केही जानकारी छ ?
आस्था अझै पनि धेरै महत्त्वपूर्ण छ मानिसको जिवनमा । जसले गर्दा यो लगानी र यो चलखेल भइरहेको छ मुलुकमा ।
घरीघरी पशुपति अगाडि फोटो खिचेर नेपालीलाई गुन लगाएको जस्तो अभिनय गर्नुभन्दा !
धर्मको आधारमा विभिन्न आयोग बनाउनु भन्दा !
सबै धर्मसँग सम्बन्धित संघसंस्थाको श्रद्धालुले चढाउने रकम सेतो बनाउन राज्यले श्रद्धाको बाटो अपनाउनु पर्यो ।
ताकि कुनै धर्मगुरू नैतिक हिसाबले कानुनको फन्दामा पर्न नपरोस ।




