नवयुगको ह्याटिकसँगै आयोजक रेडहर्ष सेमीफाइनलमा | ईमाउण्टेन समाचार

Our Network

माघ २१ २०८१, सोमबार

नवयुगको ह्याटिकसँगै आयोजक रेडहर्ष सेमीफाइनलमा

ईलाम, ६ माघ ||
टीका खतिवडा ||
इलाममा जारी प्रथम इलाम गोल्डकपमा आयोजक रेडहर्ष फुटबल क्लबले सेमीफाइनलको यात्रा तय गरेको छ । इलामको ठुलो टुँडिखेलमा शनिबार भएको उद्घाटन खेलमा मानेभञ्ज्याङ फुटबल क्लब दार्जिलिङ भारतलाई ४ ० गोल अन्तरले पराजित गर्दै आयोजक रेडहर्षले सेमीफाइनलको यात्रा तय गरेको हो । राष्ट्रिय टोलिका पूर्व कप्तान नवयुग श्रेष्ठको कप्तानीमा मैदान उत्रिएको आयोजक रेडहर्षका लागि श्रेष्ठले ह्याट्रिक गरे । सोही टिमका उत्सव राईले थप एक गोल गरेका थिए । उनले खेलको १३ औं मिनेटमा गोल गर्दै खाता खोलेका थिए । पछि श्रेष्ठले ५५, ६५ र ८२ मिनेटमा गोल गर्दै गोल संख्या चार बनाउँदै टिमलाई सेमीफाइनलको यात्रामा पुर्याएका हुन् । पाहुना टोली भारतको मानेभञ्ज्याङले केही अवसर सिर्जना गरेपनि गोलमा परिणत गर्न सकेन । अन्नत पहिलो चरणबाटै न बाहिरियो । खेलको म्यान अफ द म्याच आयोजक रेडहर्षका कप्तान नवयुग घोषित भए । उनले नगद पाँच हजार सहित ट्रफि समेत प्राप्त गरे । आइतबार दोस्रो क्वाटरफाइनलमा राष्ट्रिय जागृति क्लब इटहरी र विर्तामोड युनाइटेड झापाबीच प्रतिष्पर्धा हुने आयोजक समितिका सचिव प्रकाश घिमिरेले जानकारी दिनुभयो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);