सुन्तला उत्पादनमा कमीः पर्वतको मोदी गाउँपालिकाका किसान निराश | ईमाउण्टेन समाचार

Our Network

पुष २९ २०८१, सोमबार

सुन्तला उत्पादनमा कमीः पर्वतको मोदी गाउँपालिकाका किसान निराश

पर्वत, ६ माघ ||
सुन्तला उत्पादनका लागि ख्याति कमाएको पर्वतको मोदी गाउँपालिका–२ देउपुरका किसान यस बर्ष उत्पादनमा कमी आउँदा निराश देखिएका छन् । गत वर्ष सुन्तला उत्पादनबाट पाँच करोडभन्दा बढी भित्र्याएका कृषकले यस वर्ष झन्डै दुई करोडमा चित्त बुझाउन बाध्य भएका छन् । गत वर्षभन्दा ६० प्रतिशतले उत्पादनमा कमी आएको कृषकहरुको भनाइ छ । सुन्तला पकेट क्षेत्र भए पनि बोट मर्ने र फल पाक्ने बेलामा औँसा किराको प्रभावले पनि यस वर्ष उत्पादनमा ६० प्रतिशतले गिरावट आएको उनीहरु बताउँछन् । यहाँका बगैँचामा सुन्तला किन्नका लागि काठमाडौँ पोखरा, नारायणगढदेखि व्यापारी घरघरमै आएर लगिसकेका छन् । तीन वर्षअघिसम्म सहकारीमार्फत बिक्री गर्दै आए पनि यस वर्ष व्यापारीलाई निजी ढङ्गले बगैँचा जिम्मा लगाएको किसानहरुको भनाइ छ । सुन्तला टिप्नका लागि एक साताअघिसम्म व्यापारीका कामदारले देउपुरका बगैँचा भरिएका थिए । थोक व्यापारीले बगैँचाबाट नै खरिद गरेपछि कृषकलाई पनि सहज भएको छ । यहाँका कृषकको मुख्य आम्दानीको स्रोत सुन्तला रहेको छ । परम्परागत रूपमा कोदो र मकै लगाउने गरेका कृषकले सुन्तला खेती थालेपछि उनीहरूको जीवनस्तरमा समेत परिवर्तन आएको छ । यहाँका एक सय ६० भन्दा बढी कृषक अन्य खेती छाडेर व्यावसायिक सुन्तला खेतीमा लागेका हुन् । यस वर्षदेखि सुन्तलाका बोट मर्न थालेको किसानहरु बताउँछन् । देउपुरमा औँसा कीरा, फल झर्नेलगायत अन्य सङ्क्रमणका कारण पनि सुन्तलाको उत्पादन गत वर्षभन्दा घटेको कृषि प्राविधिकहरुले बताएका छन् । कृषि ज्ञान केन्द्र पर्वतले भने समग्र जिल्लाभरको उत्पादनमा असर नगरेको बताएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);