काठमाडौं,४ माघ । काभ्रेको बनेपा–९ का वडाध्यक्ष नृपेश बादे पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले बुधबार राति घुस लिएको आरोपमा उनलाई भक्तपुरको गठ्ठाघरबाट पक्राउ गरेको हो ।
घर बाटो सिफारिस गर्ने प्रयोजनका लागि १५ लाख रुपैयाँ घुस लिइसकेको अवस्थामा वडाध्यक्ष बादेलाई पक्राउ गरिएको अख्तियारले जनाएको छ ।
अख्तियारको अनुसार १५ लाख रुपैयाँसहित स्रोत नखुलेको १० हजार जापानीज ऐन, १ सय अमेरिकी डलर, हुण्डाई आई टेन कार र कार चालक पदमबहादुर प्रधानलाई समेत नियन्त्रणमा लिएको लिएको छ ।