जनतासँग विशेष रुपान्तरण अभियानले जनतामा आशाका झिल्का पैदा भयोः माओवादी | ईमाउण्टेन समाचार

Our Network

असोज १० २०८१, बिहीबार

जनतासँग विशेष रुपान्तरण अभियानले जनतामा आशाका झिल्का पैदा भयोः माओवादी

काठमाडौं, १७ पुस ||
सत्तारुढ दल नेकपा (माओवादी केन्द्र) ले पार्टीको जनतासँग विशेष रुपान्तरण अभियानले जनतामा आशाका झिल्का पैदा गरेको दाबी गरेको छ । मंगलवार पार्टी केन्द्रिय कार्यालय पेरिस डाँडामा आयोजित पत्रकार सम्मेलनका क्रममा पार्टीका प्रवक्ता अग्नि सापकोटाले यस्तो बताउनुभएको हो । उहाँले जनतसँग विशेष रुपान्तरण अभियान हामीले निर्धारण गरेको लक्ष्य र उद्देश्यमा सफल भएको दाबी गर्नुभयो । उहाँले अभियानले टोल कमिटीदेखि समिति गठन, पुनःगठन गरेको बताउनु भयो । उहाँले कार्यकर्ताहरुमा जागृति ल्याएको, जनतामा आशा पलाएको र अभियानले चुनावको बेलामा मात्रै नभइ माओवादी अरु बेलामा पनि आउँदा रहेछन् भन्ने आशा पलाएको जिकिर गर्नुभयो । उहाँले अभियानले पुराना नेताहरु पार्टीमा फर्किएको र पार्टीमा प्रवेश गर्नेहरुको संख्यामा वृद्धि हुँदै जान उल्लेखनिय भुमिका खेलेको बताउनु भयो । उहाँले पार्टीमा नयाँ आशा र उत्साह पैदा भएको बताउनु भयो । प्रवक्ता सापकोटाले अभियानले सदस्यता नविकरण तिब्रताका साथ अघि बढाउन भुमिका खेलेको बताउनु भयो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);