‘सैद्धान्तिक भन्दा व्यबहारिक शिक्षालाई बढी जोड दिनुपर्छ’ | ईमाउण्टेन समाचार

Our Network

माघ १४ २०८१, सोमबार

‘सैद्धान्तिक भन्दा व्यबहारिक शिक्षालाई बढी जोड दिनुपर्छ’

काठमाडौं, १७ पुस । हामीले दिएको शिक्षा सैद्धान्तिक मात्रै भएको तर व्यवहारिक रुपमा भने खासै दिन नसकेको भन्ने आवाजहरु उठिरहेका बेलामा काठमाण्डौं चाबहिल सरस्वतिनगरमा रहेको काठमाण्डौ युनिफाइड मोडेल कलेजले भने यो भाष्यालाई चिर्न सफल भएको छ ।

केही दिन अघि विद्यार्थीहरुलाई विभिन्न किसिमको शिक्षा दिने उदेश्यले कलेजको प्रागंणमा पुर्व सभामुख दमननाथ ढुंगानाको प्रमुख आथित्यतामा एक कार्यक्रम सम्पन्न गरेको हो । कार्यक्रममा नेपालमा संघीय संसदको अभ्यास, विश्वव्यापी रुपमा मानव अधिकारको नियम कानुन, युनियस्कको भुमिका लगायत अन्य विषयमा विद्यार्थीहरुले कार्यक्रम प्रस्तुत गरेका थिए ।

१५ वटा विभिन्न विद्यालयहरुबाट झण्डै १ सय दश जना विद्यार्थीहरुको उपस्थितिमा आयोजना भएको कार्यक्रमलाई सम्बोधन गर्दै पुर्व सभामुख ढुंगानाले यस्ता कार्यक्रमले नेपाली समाजमा राम्रो सन्दैश दिने बताउनु भएको थियो । कार्यक्रममा कलेजका डारेक्टर कुलेश्वर खतिवडाको पनि उपस्थिति थियो भने द्यिार्थीहरुलाई फरक किसिमको सन्देश दिने उदेश्यका साथ गरिएको कार्यक्रममा बोल्दै कलेजका प्रधानध्यापक श्रीभद्र सिग्देलले यस्ता नयाँपन दिने कार्यक्रमहरुलाई थप परिमार्जन गर्दै लैजाने प्रतिवद्धता जनाउनु भएको थियो ।

तीन दिनसम्म संचालन भएको कार्यक्रमलाई वल्र्ड लिंक, नानी किचेन, होटेल पद्यमा, अन्डर ग्याङ्घ इपोर्टसले मुख्य सहयोग गरेका थिए । पछिल्लो समय सैद्धान्तिक शिक्षालाई भन्दा व्यबहारिक शिक्षालाई बढी जोड दिनुपर्छ भन्ने आवाजहरु उठिरहेका बेला के यू सिटी कलेजले आयोजना गरेको फरक र व्यबहारिक शिक्षा प्रशंसनीय छ ।

 

 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);