गृहमन्त्री नारायणकाजी श्रेष्ठको मुटुको एन्जिओप्लास्टी गरियो | ईमाउण्टेन समाचार

Our Network

जेठ १० २०८३, सोमबार

गृहमन्त्री नारायणकाजी श्रेष्ठको मुटुको एन्जिओप्लास्टी गरियो

काठमाडौं, २० मंसिर । उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठको मुटुको शल्यक्रिया गरिएको छ । काठमाडौंको गंगालाल ह्दय केन्द्र बाँसबारीमा उनको शल्यक्रिया मंगलबार साझ गरिएको हो ।

श्रेष्ठको स्वास्थ्य अवस्था अहिले स्थिर रहेको स्रोतले जनाएको छ ।

गृहमन्त्री श्रेष्ठको मुटुको देव्रे नसाको एन्जिओप्लास्टी गरिएको हो । उनको मुटुको रक्तनलीमा आंशिक अवरोध देखिएपछि मंगलबार उनी अस्पताल भर्ना भएका थिए ।

मन्त्री श्रेष्ठ अविवाहित हुन् । डा.अरुण मास्केसहितको चिकित्सकको टोलीले उनको एन्जिओप्लास्टी सर्जरी गरेका हुन् । मन्त्रि श्रेष्ठलाई भेट्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड पनि अस्पताल पुगेका थिए ।

Leave a Reply

ताजा समाचार