कोप–२८ मा प्रचण्डले भने,‘विकशित मुलुकले नेपाललाई स्रोत र प्रविधि दिनुपर्छ' | ईमाउण्टेन समाचार

Our Network

भदौ ३० २०८१, आइतबार

कोप–२८ मा प्रचण्डले भने,‘विकशित मुलुकले नेपाललाई स्रोत र प्रविधि दिनुपर्छ’

काठमाडौं, १७ मंसिर । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जलवायु परिवर्तनमा नेपालको नगन्य योगदान हुँदा पनि असर भने धेरै भोग्नुपरेको बताउनुभएको छ । संयुक्त अरब इमिरेट्सको दुबईमा भइरहेको संयुक्त राष्ट्रसंघीय जलवायु सम्मेलन (कोप २८) मा सम्बोधन गर्दै उहाँले जलवायु मुद्दामा नेपाल अन्यायमा परेको जिकिर गर्नुभयो ।

बाढी, पहिरो, डढेलो, हिमताल विस्फोट जस्ता समस्या नेपालीले भोगिरहेकाले यसको अन्त्य हुनुपर्नेमा प्रधानमन्त्री प्रचण्डले जोड दिनुभयो । उहाँले हिमालयहरु मानव सभ्यता, पर्यावरण र जैविक विविधताको आधार हो भन्दै जलवायु परिवर्तन र बढ्दो तापक्रमका कारण हिमालय बढी जोखिममा परेको बताउनुभयो । प्रधानमन्त्री प्रचण्डले जलवायु परिवर्तनमा योगदान नहुँदा नहुँदै विनाशको भागीदार बन्नु परेर अन्यायमा परेका नेपाली नागरिकको तर्फबाट सम्मेलनमा सहभागी भएको प्रष्ट पार्नुभयो । नेपाल पेरिस सम्झौताको पालना हुनुपर्छ भन्ने पक्षमा रहेको र सन् २०४५ सम्म जिरो कार्बन उत्सर्जन गर्न प्रतिवद्ध रहेको पनि उहाँले उल्लेख गर्नुभयो । त्यसका लागि ४५ प्रतिशत वन क्षेत्र कायम गर्ने र नेपालको जलसम्पदाको उपयोग बढाउने प्रधानमन्त्री प्रचण्डको भनाइ छ । उहाँले जलवायु परिवर्तनका कारण अति कम विकसित मुलुकहरु समस्यामा परेको जिकिर गर्नुभयो । जलवायु परिवर्तनका कारण अति कम विकसित मुलुकहरु समस्यामा परेको भन्दै प्रधानमन्त्री प्रचण्डले आर्थिक र प्राविधिक सहायता आवश्यक रहेको बताउनुभयो ।

प्रधानमन्त्री प्रचण्डले विकसित राष्ट्र र अन्तर्राष्ट्रिय समुदायले अल्पविकसित मुलुकका लागि अनुमानयोग्य र समतामूलक स्रोत र प्रविधिको व्यवस्था हुनुपर्ने माग गर्नुभयो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);