काठमाडौं । नेपाली कांग्रेसका तर्फबाट काठमाडौं महानगरपालिको मेयरका उम्मेद्वार राजुराज जोशीले १० बुँदे प्रतिबद्धता सार्वजनिक गर्नुभएको छ ।
वैशाख ३१ गते हुने चुनावका लागि घरदैलो कार्यक्रम गरिरहेका जोशीले सोमबार नेता प्रकाशमान सिंहको उपस्थितमा आफ्नो १० बुँदे प्रतिबद्धता सार्वजनिक गर्नुभएको हो ।
काठमाडौंको मेयर जस्तो पद सम्हाल्नका लागि राजनीतिक रुपमा खारिएको व्यक्ति चाहिने हुँदा कांग्रेसले जोशीलाई अघि सारेको नेता सिंहले दाबी गर्नुभयो । आफूले महानगर जितेको भोलिपल्टैदेखि धुलोधुवाँ हटाउने, मेट्रो, मोनो रेल निर्माणमा विशेष ध्यान दिने उल्लेख गर्नुभयो ।
के के छन् जोशीका योजना ?
- १. विकासमा जनताको सहभागीता
- २. आधुनिक भौतिक पूर्वाधार, महानगरको आधार
- ३. वातावरण संरक्षणको लागि प्रदूषण नियन्त्रण
- ४. यातायात तथा सडक व्यवस्थापन
- ५. पार्क तथा हरित क्षेत्र निर्माण
- ६. फोहोरमैला व्यवस्थापन
- ७. विपद् व्यवस्थापन
- ८. हाइटेक सिटी
- ९. आर्थिक संवृद्धि, महानगरबासीको जीवनस्तर वृद्धि
- १०. संस्कृति तथा पर्यटन




