राष्ट्रसंघीय जलवायु शिखर सम्मेलनअघि चीन र अमेरिकाबीच भएको सहमतिमा के छ ? | ईमाउण्टेन समाचार

Our Network

असोज ११ २०८१, शुक्रबार

राष्ट्रसंघीय जलवायु शिखर सम्मेलनअघि चीन र अमेरिकाबीच भएको सहमतिमा के छ ?

काठमाडौं, ३० कात्तिक । यसै महिना हुने राष्ट्रसंघीय जलवायु शिखर सम्मेलन कोप २८अघि चीन र अमेरिकाबीच जलवायु सहयोगमा एउटा कार्य समूह गर्न सहमत भएको छ । चिनियाँ सरकारी मिडियामा प्रकाशित तथा अमेरिकी विदेश मन्त्रालयले जारी गरेको संयुक्त विज्ञप्तिमा दुवै सरकारले ऊर्जा सङ्क्रमण, मिथेन, स्रोत दक्षता, कम कार्बन, वन विनाश र दिगो प्रान्त/सहरमा ध्यान केन्द्रित गर्ने बताएका छन् ।

यसले दुवै मुलुकलाई ठोस जलवायु कार्यहरूलाई गति दिन वार्ता र सहयोगमा संलग्न भएको देखिएको विज्ञप्तिमा उल्लेख छ । नोभेम्बर ४ देखि ७ सम्म क्यालिफोर्नियाको सन्निल्यान्ड्स रिट्रिटमा अमेरिकी र चिनियाँ जलवायु दूतहरू जोन केरी र झि झेनहुवाबीच भएको कुराकानीपछि उक्त विज्ञप्ति आएको हो । दुवै पक्ष मानव जातिको वर्तमान र भविष्यको पुस्ताका लागि हाम्रो समयको सबैभन्दा ठूलो चुनौतीमध्येको एकको सामना गर्नका लागि एकसाथ र अन्य पक्षहरूसँग मिलेर काम गर्न सहमत भएको विज्ञप्तिमा उल्लेख छ । दुवैपक्षले ऊर्जा नीति र रणनीतिमा द्विपक्षीय वार्ता पुनः सुरु गर्ने वाचा गरेको , ऊर्जा–बचत र कार्बन घटाउने समाधानबारे नीतिगत आदानप्रदानलाई गहिरो बनाउने विज्ञप्तिमा भनिएको छ । बेइजिङले गत साता आफ्नो ग्यास उत्सर्जन नियन्त्रण गर्न एउटा योजना सुरु गरेको छ तर कार्बन उत्सर्जन घटाउने कुनै विशेष लक्ष्य प्रस्ताव गरेको छैन ।

संयुक्त विज्ञप्तिमा दुवै पक्ष २०३५ उत्सर्जन कटौती योजनामा समावेश गर्नका लागि ‘आफ्ना सम्बन्धित मिथेन न्यूनीकरण कार्य÷लक्ष्यहरू विकास गर्न’ सहमत भएको उल्लेख छ । कोप२८ शिखर सम्मेलनका लागि दुवै मुलुकबीच यसै महिनाको अन्त्यमा दुबईमा भेट हुँदैछ । बढ्दो तापक्रम र सन् २०२३ मानव इतिहासमा अहिलेसम्मको सबैभन्दा तातो वर्ष बन्ने आशङ्कासँगै वैज्ञानिकहरूले पृथ्वीलाई तातो बनाउने हरित गृह ग्यास प्रदूषणमाथि अंकुश लगाउनका लागि विश्वका नेताहरूमाथि यति दबाब कहिल्यै नभएको बताएका छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);