नेपाल संवतलाई सरकारको दस्ताबेजमा लेखिनेछः प्रधानमन्त्री प्रचण्ड | ईमाउण्टेन समाचार

Our Network

असोज १४ २०८१, सोमबार

नेपाल संवतलाई सरकारको दस्ताबेजमा लेखिनेछः प्रधानमन्त्री प्रचण्ड

काठमाडौं, २५ कात्तिक । प्रधानमन्त्री पुष्पकमल दाहालले नेपाल संवतलाई सरकारको दस्ताबेजमा लेख्ने घोषणा गर्नुभएको छ ।

शनिवार काठमाडौंमा आयोजित साहित्यकार पद्यरत्न तुलाधरको पाँचौं स्मृति दिवसको कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले नेपाल संवत नै राष्ट्रिय संवत भएकाले सरकारको दस्ताबेजमा लेख्न आवश्यक भएको बताउनु भयो । उहाँले नेपाल संवत ११४४ आउँदै गरेको उल्लेख गर्दै अब नेपाल संवत राष्ट्रिय संवत भनेर मात्रै नपुग्ने उल्लेख गर्नुभयो । प्रधानमन्त्री दाहालले आफू प्रधानमन्त्री हुँदा नेपाल संवतलाई राष्ट्रिय संवतका रुपमा मान्यता दिएको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘पद्यरत्नजीले नै मलाई भन्नुभयो की नेपाल संवत नै राष्ट्रिय संवत हो । त्यसपछि मैले पहिलो पटक नै प्रधानमन्त्री हुँदा क्याबिनेटबाट नै नेपाल संवतलाई राष्ट्रिय संवतका रुपमा मान्यता दिएँ । र त्यो घोषणा पनि पद्यरत्नजीसँगै बसेर गरिएको हो । अहिले अब नेपाल संवत ११४४ आउँदैछ । मसँग अस्ति केही प्रतिनिधिहरु आउनुभयो र यही नेपाल संवतबारे कुरा गर्दा भनेको छु, अब नेपाल संवत राष्ट्रिय संवत भनेर मात्रै भएन । त्यसलाई व्यवहारमा कार्यान्वयन पनि गर्नुप¥यो । अब मेरै भागमा परेको छ, सायद अब त्यो राष्ट्रिय संवत नेपाल सरकारको दस्ताबेजमा लेखिन्छ ।’

प्रधानमन्त्री दाहालले अहिले विभिन्न कोणबाट लामो संघर्ष र बलिदानबाट प्राप्त भएका गणतन्त्र र लोकतन्त्रमाथि एकथरीले प्रश्न उठाउने दुःशाहस गरेको उल्लेख गर्नुभयो । उहाँले संघीय लोकतान्त्रिक गणतन्त्रमाथि प्रश्न उठाउने दुःशाहस भइरहेको बताउनु भयो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);