काठमाडौं, १३ कात्तिक । आज एक अमेरिकी डलरको खरिददर १३२ रुपैयाँ ९० पैसा र विक्रिदर १३३ रुपैयाँ ५० पैसा रहेको छ ।
नेपाल राष्ट्र बैंकको अनुसार एक युरोपियन युरोको खरिददर १४० रुपैयाँ ४२ पैसा र विक्रिदर १४१ रुपैयाँ ५ पैसा रहेको छ ।
त्यसैगरी, एक क्यानेडियन डलरको खरिददर ९५ रुपैयाँ ८१ पैसा र विक्रिदर ९६ रुपैयाँ २४ पैसा रहेको बैंकले जनाएको छ ।