काठमाण्डौ, ११ कार्तिक
संयुक्त राष्ट्रसंघले इजरायल–हमास युद्ध रोक्ने प्रस्ताव पारित गरेको छ ।
संयुक्त राष्ट्र संघको महासभाले गाजामा तत्काल दिगो ‘मानवीय युद्धविराम’ को माग गर्दै प्रस्ताव पारित गरेको हो ।
युद्ध विरामको पक्षमा नेपालसहित १२० देशले मतदान गरेका छन् । इजरायल सहित १४ देशले विपक्षमा मतदान गरेका छन् । भारतसहित ४५ देश भने मतदानमा सहभागी भएनन् ।
बैठकबाट युद्ध विराम गर्ने प्रस्ताव पारित भए पनि इजरायलले भने अस्वीकार गरेको छ इजरायलका राजदूत गिलाड एर्डनले चुप लागेर नबस्ने चेतावनी समेत दिनुसभयो ।
इजरायललाई आफ्नो रक्षा गर्ने अधिकार भएको बताउँदै उहाँले हमासको अत्याचार सहेर नबस्ने स्पष्ट गर्नुभयो । महासभाबाट पारित प्रस्तावमा शत्रुताको अन्त्य गर्दै तत्काल युद्धविरामको आह्वान गरिएको छ ।
इजरायल हमासबीचको युद्ध २२ औं दिनसम्म पनि जारी छ । अक्टोबर ७ मा हमासको हमलापछि संयुक्त राष्ट्र संघको पहिलो औपचारिक प्रतिक्रिया आएको हो। ०००