चिनी अभाव हुन सक्ने जेठमै जानकारी गराएपनि चासो दिएन सरकारले ! | ईमाउण्टेन समाचार

Our Network

असोज १५ २०८१, मंगलबार

चिनी अभाव हुन सक्ने जेठमै जानकारी गराएपनि चासो दिएन सरकारले !

काठमाडौं, ३ कात्तिक । नेपालीको मुख्य चाड दशैं, तिहार र छठको समयमा बजारमा चिनीको चरम अभाव झन झन चुलीदै गएको छ । सरकारले सुपथ मुल्य पसल मार्फत एक जनालाई २ किलो चिनी उपलब्ध गराएको छ । तर २ किलो चिनी किन्न दिनभर लाइन बस्नु पर्ने बाध्यता छ । कठमाडौंको सुपथ मूल्य पसलमा धादिङबासीहरु समेत दुई किलो चिनी किन्नका लागि काठमाडौं आएका छन् । बजारमा केही समयदेखि देखिएको चिनीको अभाव दशैंलागेसँगै अझै चुलिएको छ ।

कृत्रिम अभाव श्रृजना गरेर मूल्य बढाइएको स्पष्ट नै भइसकेको छ । दशैँ र तिहारजस्ता नेपालीहरूका मुख्य चाडपर्व आउन लागेका बेलामा बजारमा भइरहेको यस्तो अभाव र मूल्यवृद्धिप्रति सरकारले ध्यान नदिएको उपभोक्ताको गुनासो छ । सरकारी अधिकारीहरू भने चिनीको अभाव कम गर्ने प्रयास भइरहेको भन्दै आएपनि दशैले छोपिसक्दा समेत समस्या समाधान हुनुको साटो झन् झन बल्झिदै गएको छ । बजारमा चिनी अभाव भएपछि धादिङबासीहरु समेत काठमाडौंका सुपथ मुल्य पसल धाउन बाध्य भएका छन् । चाडपर्वको समयमा २ किलो चिनी किन्न धादिङदेखि काठमाडौं आउनुपर्ने बाध्यता सरकारको लापरवाहीकै कारण भएको भन्दै उनिहरुले आक्रोश व्यक्त गरेका छन् ।

साल्ट ट्रेडिङ कर्पोरेसनका विभागीय निर्देशक ब्रजेशकुमार झाले सरकारले आन्तरिक बजारबाट उपलब्ध गराएको ७० टन चिनी भएसम्म उपभोक्तालाई २ केजी बच्ने बताउनु हुन्छ । सहुलियत पसलहरुमा चिनी किन्न आउने उपभोक्ताहरुको भीड भएपनि खालिहात नपठाउने उहाँको भनाइ छ । उहाँले चिनी अभाव हुन सक्नेबारे सरकारलाई जेठ महिनामा अवगत गराएपनि समस्या समाधान हुन नसकेको निर्देशक झाले बताउृनु भयो ।

चाडपर्वमा जनताले २ किलो चिनी पाउन समेत विभिन्न समस्या झेल्नुपर्ने बाध्यता सरकारको लाचारीपनकै कारण भएको हो । हरेक वर्ष चाडपर्वमा उपभोक्ताहरु मूल्य वृद्धि र सामान अभाव झेल्नु बाध्य भएका हुन । सरकारले निकै ढिला भदौ २७ गतेमात्रै निर्णय गरेर १० हजार मेट्रिक टन साल्ट ट्रेडिङ कर्पोरेसन र १० हजार खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडलाई स्वीकृत दिएको हो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);