यो वर्षको मनसुन बाहिरीयो,कस्तो रहँला आजको मौसम ! | ईमाउण्टेन समाचार

Our Network

साउन ९ २०८३, आइतबार

यो वर्षको मनसुन बाहिरीयो,कस्तो रहँला आजको मौसम !

काठमाडौं, २९ असोज । यस वर्षको मनसुन २०८० असोज २८ गते नेपाल बाट बाहिरिएको छ । नेपालमा मनसुन बाहिरिने सरदर मिति इअतयदभच २ रहेकोमा यस वर्ष १३ दिन ढिलो बाहिरिएको छ । जेठ ३१ मा भित्रिएको यस वर्षको मनसुन १२४ दिन जति नेपालमा रहेको छ ।नेपालको पश्चिमी भू–भागमा पश्चिमी वायूको आंशिक प्रभाव रहेको छ।

हाल देशको पहाडी भू–भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू–भागको मौसम सामान्यतया सफा रहेको जल तथा मौसम विज्ञान विभाग महाशाखाले जनाएको छ ।

आज २०८० असोज २९ गते (सोमबार) । आज दिउँसो देशको लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदुरपश्चिम प्रदेश लगायत पहाडी भू–भागमा आंशिक देखि सामान्य बदली र बांकी भू–भागको आंशिक बदली देखी मौसम सामान्यतया सफा रहनेछ । सुदूर–पश्चिम, कर्णाली र लुम्बिनी प्रदेशका केही स्थानहरुमा र बांकी प्रदेशको पहाडी भू–भागका थोरै स्थानहरूमा मेघ गर्जन÷चट्याङ्ग सहित हल्का वर्षा सम्भावना रहेको छ। सुदूर–पश्चिम र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रका थोरै स्थानहरुमा हल्का हिमपातको संभावना रहेको छ।

त्यसैगरी, आज राती, सुदूर–पश्चिम, कर्णाली र लुम्बिनी प्रदेशका लगायत देशको पहाडी भू–भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू–भागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ। महाशाखाको अनुसार आज राति सुदूर–पश्चिम प्रदेश र लुम्बिनी प्रदेशका थोरै स्थानहरुमा र बाँकी प्रदेशका एक–दुई स्थानमा मेघ गर्जन÷चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ।

Leave a Reply

ताजा समाचार