एमसीसीको प्रसारण लाइन परियोजनाका सबै ठेक्का रद्द | ईमाउण्टेन समाचार

Our Network

मंसिर १३ २०८१, बिहीबार

एमसीसीको प्रसारण लाइन परियोजनाका सबै ठेक्का रद्द

mcc

काठमाडौं, २६ असोज । मिलेनियम च्यालेन्ज एकाउन्ट (एमसीए) नेपालले प्रसारण लाइन परियोजनाका सबै ठेक्का रद्द गरेको छ । आज एक सुचना जारी गर्दै एमसीए नेपालले मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी)अन्तर्गतको प्रसारण लाइन परियोजनाका सबै ठेक्का रद्द गरेको जानकारी गराएको हो ।

एमसीए नेपालको अनुसार यी सबै ठेक्काहरुमा बोलपत्रपहिले गरिएको लागत अनुमानको तुलनामा बोलपत्रदाताहरुले अत्यधिक उच्च लागत प्रस्ताव गरेपछि भन्दै ठेक्का रद्द भएको हो । अब प्रसारण लाइन परियोजनाको नयाँ टेन्डर आह्वान गर्नुपर्छ ।

एमसीए नेपालले ३ सय १५ किलोमिटर लामो प्रसारणलाइन परियोजनालाई तीन भागमा बाँडेर निर्माणका लागि बोलपत्र आह्वान गरेको थियो । गत ८ जेठमा खोलिएको बोलपत्रअनुसार ६ वटा कम्पनीले प्रसारणलाइन बनाउन भारतका कल्पतरू पावर ट्रान्समिसन लिमिटेड, ट्रान्सरेल लाइटिङ लिमिटेड, टाटा प्रोजेक्ट्स लिमिटेड, केईसी इन्टरनेसनल लिमिटेड, लार्सेन एन्ड टर्बो लिमिटेड प्राविधिक रुपमा सफल भएकोमा तिनै कम्पनीले तीनवटै प्याकेजमा आवेदन हालेका थिए ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);