सासुको हत्या गरेर भकारीमा लुकाएपछि... | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८३, मंगलबार

सासुको हत्या गरेर भकारीमा लुकाएपछि…

murder
सल्यान,२४ असोज । घरायसी विवादमा आफ्नै सासुको हत्या गरेको अभियोगमा बुहारी पक्राउ परेकी छिन् । घरायसी विवादमा आफ्नै सासु ४९ वर्षीया गणेसी रोकाको हत्या गरेको अभियोगमा सिद्धकुमाख गाउँपालिका–४ खार्बन बस्ने उनकै कान्छी बुहारी शर्मिला बुढाथोकीलाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको हो।
गणेसी रोका असोज १५ गते दिउँसो बारीमा धानको भारी लिन जान्छु भनी गएकोमा बेपत्ता भएपछि खोजी गर्ने क्रममा आफ्नै घरको भकारीभित्र असोज १८ गते बिहान शव फेला परेको थियो । घटनाको खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय सल्यानसमेतबाट खटिएको प्रहरीले थप अनुसन्धानको क्रममा गणेसीको हत्यामा शर्मिलाको संलग्नता खुल्न आएपछि उनलाई पक्राउ गरेको हो ।
उक्त दिन उनीहरूबीच धान बारीमा विवाद भएको र घर फर्किएपछि पुनः विवाद हुँदा शर्मिलाले दाउराले पटक पटक टाउकोमा प्रहार गरी पुनले सलले घाँटी कसी हत्या गरेको र घटना लुकाउने उद्देश्यले कोठामा लत्पतिएको रगतसमेत लुकाउन लिपपोत गरेको प्रारम्भिक अनुसन्धानको क्रममा खुल्न आएको छ ।
उनीमाथि जिल्ला अदालत सल्यानबाट ७ दिन म्याद थप गरी प्रहरीबाट आवश्यक अनुसन्धान भइरहेको छ ।

Leave a Reply