काठमाडौं, ९ असोज ||
उपराष्ट्रपति रामसहायप्रसाद यादवले मूर्तिकार कालु कुमालेका अभुतपुर्व कलाको संरक्षण र प्रवद्र्धन गर्न सक्नुपर्ने बताउनुभएको छ । मंगलबार ललितपुरमा आयोजित एक कार्यक्रमका बीच मूर्तिकार कुमालेको ‘देउता बनाउने मान्छे’ नामक पुस्तक सार्वजनिक गर्दै उहाँले यस्तो बताउनुभएको हो ।
उपराष्ट्रपति यादवले मूर्तिकार कुमाले जस्तो महत्वपूर्ण स्रष्टा, सृजनाकार, कलाकार र व्यक्तित्वलाई सबैले सम्मान गर्नुपर्ने समेत बताउनु भयो । उहाँ द्धारा सृर्जित मूर्तिहरु मठ, मन्दिर, विहार, गुम्बाहरुमा पुजिँदै आएको र विश्वको प्रख्यात भिक्टोरिया एण्ड एल्वर्ड म्युजियमसहित विभिन्न मुलुकमा पुगिसकको उल्लेख गर्दै उहाँले यो मुलुक र कला क्षेत्रका लागि एउटा गौरवको विषय पनि भएको बताउनु भयो । उपराष्ट्रपति यादवले मूर्ति बनाएरै देशविदेशमा समेत लोकप्रिय हुनुभएका मूर्तिकार कुमाले अन्य कलाकारहरुका लागि पनि प्रेरणा र उत्पेरित गर्ने व्यक्तिको रुपमा स्थापित हुनु भएको पनि स्पष्ट पार्नुभयो । उहाँले मूर्तिकार कुमालेले मूर्ति बनाएर पनि जीवनयापन गर्न सकिन्छ भन्ने दृष्टान्त पेश गरेको भन्दै खुशी व्यक्ति गर्नुभयो ।
उपराष्ट्रपति यादवले कुमालेले मूर्तिकलाको माध्यामबाट गरिव किसान परिवारमा जन्मिएर पनि धैर्य र लगनशील भए सफलताको शिखर चुम्न सकिन्छ भन्ने उदाहरण पेश गर्नुभएको पनि उल्लेख गर्नुभयो ।