'शिक्षक महासंघसँग भएको सम्झौतामा सरकार प्रतिबद्ध छ' | ईमाउण्टेन समाचार

Our Network

मंसिर १६ २०८१, आइतबार

‘शिक्षक महासंघसँग भएको सम्झौतामा सरकार प्रतिबद्ध छ’

काठमाडौं, ८ असोज । कार्यवहाक प्रधानमन्त्री एवम् नेपाली काँग्रेसका उपसभापति पूर्णबहादुर खड्काले सरकार शिक्षक महासंघसँग भएको सम्झौताप्रति प्रतिबद्ध रहेको बताउनुभएको छ ।

बिपी स्मृति भवनस्थित केन्द्रीय कार्यालयमा कांग्रेस केन्द्रीय कार्य समितिको बैठकमा सोमबार बोल्नुहुँदै उहाँले सो कुरा बताउनुभयो । विभिन्न प्रकृतिको शिक्षकको माग रहेको भन्दै कार्यवाहक प्रधानमन्त्री खड्काले नमिलेका विषयमा ज्ञापनपत्र बुझाउँदा वातावरण सकारात्मक बन्ने प्रष्ट पार्नुभयो । सरकार सबैको अभिभावक रहेकाले संविधानसँग नमिल्ने र अर्थतन्त्रले धान्न नसक्ने बाहेक सबै माग पुरा हुने उहाँको भनाइ छ ।

उहाँले संसदको मर्यादा र प्रक्रिया कायम राखेर शिक्षक आन्दोलनमा उठेका विषयलाई सरकारले संबोधन गर्ने प्रष्ट पार्नुभयो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);