काठमाडौं, ८ असोज । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहले धर्नामा बसेका अभियन्ताहरु संवादमा बोलाउँदा पनि नआएको गुनासो गरेका छन् । अभियन्ताहरु राजनीतिक स्वार्थ जोडिएर आउन नखोजेको उनको आशय छ ।
सामाजिक सञ्जालमा आज एक पोस्ट गर्दै बालेनले लेखेका छन्,“लोकतान्त्रिक अभ्यासमा सबै कुरा समाधान संवादबाट नै हुनुपर्छ भन्ने कुरा हामीले बुझेको छौ, सायद कुनै राजनितिक स्वार्थ जोडिएर आउन नखोज्नु भएको होला भन्ने हामीले बुझेको छौ । के बार्ता हामीले उहाँहरुको नेता सङ गर्न पर्ने ?”
केही दिनदेखि केही अभियानताहरु राष्ट्रिय सभा अगाडी उभिएर धर्ना दिंदै आएका छन् । आइतबार नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पनि चाडोभन्दा चाँडो महानगरले संवादका लागि ई.अभियन्ताहरुलाई बोलाउन सुुझाव दिएका थिए ।
“उहाँहरुको कुरा सुन्न उहाँहरु उभिरहेको ठाउँमा म आफै गएर बार्ता गरौं । यहाँहरुको कुरा र समस्या सुनौं भन्दा अभियन्ताहरु संवादमा बोलाउदा आउन खोज्नु भएन ।”–उनले लेखेका छन् ।
मेयर शाहले चुनावअघि गरेको वाचा र सार्वजनिक प्रतिबद्धताविपरीत सहरको सबैभन्दा कमजोर र हुँदा खाने वर्गको गाँस खोस्ने काम गरेको उनीहरुको आरोप छ ।
चमेली समूह ‘ईः’ नामले चिनाउने अभियन्ताहरुको आन्दोलन विस्तार भएको हो ।
सुरुमा ७७ घण्टाका लागि आन्दोलन गरेका उनीहरु १२३ घण्टा उभिएका थिए । काठमाडौँ महानगरपालिकाले प्रतिक्रिया नदिएपछि यसलाई बढाउँदै उनीहरुले १९९ घण्टा विस्तार गरेका हुन् ।