दिगो विकास लक्ष्यले तय गरेको रणनैतिक कार्यविधिलाई हासिल गर्नेगरी कार्यक्रम तर्जुमा गर्र्नुपर्छः मन्त्री आचार्य | ईमाउण्टेन समाचार

Our Network

असोज १६ २०८१, बुधवार

दिगो विकास लक्ष्यले तय गरेको रणनैतिक कार्यविधिलाई हासिल गर्नेगरी कार्यक्रम तर्जुमा गर्र्नुपर्छः मन्त्री आचार्य

काठमाडौं, ६ असोज
महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री सुरेन्द्रराज आचार्यले दिगो विकास लक्ष्य एवं आवधिक योजनाले तय गरेको रणनैतिक कार्यविधिलाई हासिल गर्नेगरी कार्यक्रम तर्जुमा गर्न सम्बन्धित निकायहरुलाई निर्देशन दिनुभएको छ । शनिवार समाज कल्याण परिषद्द्वारा काठमाडौंमा आयोजित ४४ औं सामाजिक सेवा दिवसलाई सम्बोधन गर्दै उहाँले सन् २०३० सम्म नेपाललाई समुन्नत राष्ट्रको रुपमा चिनाउने गरी योजना तर्जुमा गर्न निर्देशन दिनुभएको हो ।

उहाँले सामाजिक संस्थाले पारदर्शीता, परियोजनाहरुको कार्यकुशलता, प्रभावकारितामा ध्यान पु¥याउनुपर्ने आवश्यकता रहेको बताउनु भयो । उहाँले गैर सरकारी क्षेत्रबाट हुने सबै काम कारबाहीलाई सरकारको एकद्वार नीति अनुरुप समाजकल्याण परिषद्मार्फत सञ्चालन गर्नेगरी कार्य गर्न निर्देशन दिनुभयो । उहाँले गैरसरकारी संस्थाहरुलाई प्राथमिक प्राप्त क्षेत्रमा परिचालन गर्ने परिषद्बाट हुने अनुगमन एवं मूल्यांकन कार्यलाई प्रभावकारी बनाइने व्यहोरा आर्थिक वर्ष २०८०÷०८१ को नेपाल सरकारको नीति तथा कार्यक्रममा समेत उल्लेख रहेको बताउनु भयो ।

मन्त्री आचार्यले परिषद्द्वारा प्रवाह हुने सेवा, सरोकारवाला निकायहरुबीचको समन्वय, परियोजनाको अनुगमन, मूल्यांकन, सूचना तथा तथ्यांक व्यवस्थापन लगायतका कार्यहरु प्रभावकारी बनाउँदै लैजानुपर्ने बताउनु भयो ।

 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);