काठमाण्डौ, भाद्र २६ ||
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ९६० ग्राम सुनसहित तीन जना पक्राउ परेका छन् । जिल्ला प्रहरी परिसर काठमाडौंले ९६० ग्राम सुनसहित तीन जनालाई पक्राउ गरेको हो ।
सोमबार दुबईबाट आएको हिमालयन एयरको जहाजमा रहेका यात्रुबाट उक्त सुन बरामद भएको हो। एक जनालाई सोमबार पक्राउ गरिएको थियो। अरू दुई जनालाई मंगलबार पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
सुन विमानस्थलको पार्किङबाट बरामद भएको हो । परिसरले यसमा संलग्न व्यक्तिहरूमाथि अनुसन्धान अघि बढाएको छ ।