काठमाडौं, २६ भदौ । संविधान सभाका अध्यक्ष एवं नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङको गएराति आफ्नै घरमा निधन भएको छ । नेम्वाङ राति १ बजे शौचालयमा बेहोस अवस्थामा भेटिएपछि उनलाई त्रिवि शिक्षण अस्पताल पुराइएको थियो । अस्पताल लगे लगत्तै उनलाई चिकित्सकहरुले मृत घोषणा गरेका थिए ।
विस २०६३ मा पुनः स्थापित प्रतिनिसिधासभाको सभामुख भएका नेम्वाङ २०६४ सालमा व्यवस्थापिका संसदको सभामुख, २०६५ र २०७० सालमा संविधानसभा अध्यक्ष भएका थिए । नेम्वाङ विसं २०४८ देखि २०५२ सालसम्म राष्ट्रियसभा सदस्य बने । उनी त्यसपछि पुनः राष्ट्रियसभा सदस्य भएका थिए । प्रतिनिधिसभा निर्वाचन २०६५ मा इलाम २ बाट निर्वाचित भएका नेम्वाङ संविधानसभा निर्वाचन २०६४ र २०७० मा पनि इलाम २ बाट नै निर्वाचित भएका थिए ।
प्रतिनिधिसभा निर्वाचन २०७४ मा इलाम २ बाट निर्वाचित नेम्वाङ कानून समिति सदस्य, संसदीय दलको उपनेता र २०५६ सालमा सार्वजनिक लेखा समिति सभापति पनि बनेका थिए । नेम्वाङ विसं २०५१ मा न्याय कानून तथा संसदीय राज्यमन्त्री भए । त्यसपछि सामान्य प्रशासनमन्त्री र स्थानीय विकासमन्त्री बने । राजनीतिमा प्रवेश गर्नुअघि नेपाल ल क्याम्पसमा प्राध्यापन र कानून व्यवसायीको रुपमा थिए ।
हृदयघातबाट निधन भएका नेकपा एमालेका उपाध्यक्ष एवं संसदीय दलका उपनेता नेम्वाङको पार्थिव शरीर पार्टी कार्यालय च्यासल लगिँदै छ । ललितपुरको च्यासलस्थिल पार्टी कार्यालयमा श्रद्धाञ्जलीका लागि राखिने भएको छ ।
२०४८ र २०५२ मा गरी उहाँले दुई पटक राष्ट्रिय सभाको अध्यक्षको जिम्मेदारी सम्हालिसकेका छन् । २०५६ को संसदीय निर्वाचनमा विजयी नेम्वाङ कानुन, न्याय तथा संसदीय व्यवस्था मन्त्री, सामान्य प्रशासन मन्त्री र संसदको सार्वजनिक लेखा समितिको अध्यक्ष समेत रहिसकेका छन्।
कानुन व्यवसायीका रूपमा परिचित र प्राध्यापनमा समेत संलग्न रहिसकेका नेम्वाङले नेपाल बार एसोसिएसनको महासचिवको जिम्मेदारी सम्हालिसक्नुभएको छ। उहाँ २०२९ सालमा अनेरास्ववियुको अध्यक्ष हुनुहुन्थ्यो। विद्यार्थी जीवनदेखि नै राजनीतिमा लागेका नेम्वाङ २०३३ सालमा राजकाज मुद्दामा जेल पर्नुभएको थियो। उहाँ त्रिभुवन विश्वविद्यालयबाट कानुनमा स्नातक हुनुहुन्छ। अध्ययन र समाजसेवामा उहाँको रुचि छ। उहाँका दुई छोरा र दुई छोरी छन्। अघिल्लो निर्वाचन पछि जनतालाई पुर्याएको सेवा र जनता सँगको निकट संबन्धले आफूलाई विजयी बनाएको ठान्ने सुवासचन्द्र नेम्वाङ संविधानसभामा सङ्घीय एवं समावेशी लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्न क्रियाशील रहेका थिए ।
विद्यार्थी छँदा नै राजनीतिमा लागेका नेम्बाङ सालमा कम्युनिष्ट पार्टीमा प्रवेश गरेका हुन्। उनी नेकपा(एमाले)का तर्फबाट कानुन तथा न्याय मन्त्री बनेका थिए। २०६४ को संविधान सभा निर्वाचनमा इलाम जिल्ला क्षेत्र नं- २ बाट निर्वाचित भै संविधान सभाको अध्यक्षको रूपमा कार्यरत थिए। २०७०को संविधान सभा निर्वाचन पछि ओनसरी घर्तिमगर संविधान सभाको अध्यक्ष थिए ।
कार्यपालिका र व्यवस्थापिकाको शक्ति–प्रभाव न्यायालयमा सेट गर्ने पात्रमा सबैभन्दा अगाडि देखिन्थे सुवासचन्द्र नेम्बाङ । ०५१ देखि नबिराई सांसद चुनिएका नेम्बाङले आफ्नो ल फर्ममा काम गर्ने करिब एक दर्जनलाई उच्च अदालत र सर्वोच्च अदालतको न्यायाधीशमा पुर्याएका थिए । त्यसमध्ये केही अवकाश पाइसके भने धेरैजसो पदमै छन् ।
नेम्बाङ, भरतराज उप्रेती, वैद्यनाथ उपाध्यायसहितको टिमले पायोनियर ल एसोसिएट्स चलाएको थियो । ०६४ र ०७० को दुवै संविधानसभामा नेम्बाङ अध्यक्ष थिए । ०४८ मा पुनरावेदन अदालतबाट न्यायालयमा छिरेका उपाध्याय ०६७ मा सर्वोच्चको न्यायाधीश बन्न सफल भएका थिए, जतिखेर नेम्बाङ संविधानसभाको अध्यक्षमा आसीन थिए ।