पहाडी जिल्लाको अनुुगमन सकेर घर बिदा लिएर अधिकृत काठमाडौं जान लागेको खुलासा | ईमाउण्टेन समाचार

Our Network

मंसिर १७ २०८१, सोमबार

पहाडी जिल्लाको अनुुगमन सकेर घर बिदा लिएर अधिकृत काठमाडौं जान लागेको खुलासा

money

काठमाडौं, २५ भदौ । स्रोत नखुलेको रकमसहित आज बिहान एक कर अधिकृत विमानस्थलबाट पक्राउ परे अर्का फरार छन् । नेपालगन्ज विमानस्थलबाट आन्तरिक राजस्व कार्यालय दाङमा कार्यरत अधिकृत खगेन्द्र सापकोटालाई २६ लाख रुपैयाँसहित नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

सापकोटा बाहिरी जिल्लाको अनुगमनबाट फर्किएपछि घर बिदामा जान लागेको खुलासा भएको छ । सापकोटासँगै विमानस्थलमा रहेर फरार भएका अर्का कर अधिकृत दीपक पौडेल पनि सँगै अनुगमनमा गएका थिए ।
कर अधिकृत द्धय सापकोटा र पौडेल रुकुम पश्चिमको आठबिसकोट क्षेत्रमा अनुगमन गर्न ४ दिन अघि खटिएका थिए । जिल्लाहरुबाट फर्किएपछि आराम गर्नका लागि घर बिदा लिएर काठमाडौं फर्कदै थिए सोही क्रममा सापकोटा विमानस्थलबाट पक्राउ परेका हुन् । उनीहरु दुवैजना ५ महिनाअघि सरुवा भएर कर कार्यालय तुलसीपुरमा पुगेका थिए ।

सुरक्षा जाँचपासको क्रममा उनको झोलाबाट ठुलो रकम फेला परेपछि विमानस्थलको सुरक्षामा खटिएका प्रहरीको टोलीले नियन्त्रणमा लिएको हो । उनी बिहान पौने ९ बजेको समयमा श्री एयरको उडान हुँदै काठमाडौं आउने तयारीमा थिए ।

 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);