वीर अस्पतालको छैटौं तलाबाट हाम फालेर पुरुषको मृत्यु, आएनन् कोही आफन्त | ईमाउण्टेन समाचार

Our Network

असोज १७ २०८१, बिहीबार

वीर अस्पतालको छैटौं तलाबाट हाम फालेर पुरुषको मृत्यु, आएनन् कोही आफन्त

bir hospital

काठमाडौं, १८ भदौ । वीर अस्पतालको छतबाट हाम फालेर एक पुरुषको मृत्यु भएको छ । अस्पतालको सर्जिकल भवनको छैटौं तलाबाट हाम फालेर करिब ४० वर्षीय पुरुषको मृत्यृ भएको हो ।

उनको पहिचान खुलेको छैन् ।

घटना बिहान ३ बजेतिरको हो । म बिरामीको आफन्त हुँ भन्दै ती पुरुष अस्पताल प्रवेश गरेर माथि तलामा गएर हाम फालेको अस्पतालले स्रोतले जनाएको छ ।

अस्पतालको अनुसार उनका कोही पनि बिरामी त्यहाा छैनन् । उनको शव अझै बेवारिसे अवस्थामा रहेको र कोही पनि आफ्नो मान्छे हो भन्न नआएको बुझिएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);