दार्चुलामा डेङ्गुबाट ९ कक्षामा अध्ययनरत किशोरीको मृत्यु | ईमाउण्टेन समाचार

Our Network

कार्तिक २९ २०८१, बिहीबार

दार्चुलामा डेङ्गुबाट ९ कक्षामा अध्ययनरत किशोरीको मृत्यु

death body

दार्चुला, १८ भदौ । दार्चुलामा डेङ्गु संक्रमणबाट एक किशोरीको मृत्यु भएको छ। माहाकाली न पा ९ दत्तु डांडा कि १४ वर्षीय जेलिना चैसिरको डेङ्गु संक्रमणको उपचारका क्रममा भारत को हलद्वानीमा मृत्यु भएको हो।
जेलिना चैसिरलाइ केहि दिन पहिले अस्वस्थ भइ उपचारका लागि जिल्ला अस्पताल दार्चुला ल्याइएको र चेकजाँच गर्दा डेङ्गु संक्रमण देखिएको र उपचार गरिएको थियो।

पुनः ज्वरो आउदा उपचारका लागि भारतको हलद्वानीमा उपचारका क्रममा चैसिरको मृत्यु भएको राष्ट्रिय मा वि दत्तुका प्र अ राजेश सिंह सामन्तले जानकारी दिएका छन्। मृतक किशोरी राष्ट्रिय मा वि दत्तु मा कक्षा ९ मा अध्ययनरत छात्रा हुन्।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);