पहिरो जोखिममा रहेका सेती नदि किनाराका नागरिकको उध्दार | ईमाउण्टेन समाचार

Our Network

असोज २० २०८१, आइतबार

पहिरो जोखिममा रहेका सेती नदि किनाराका नागरिकको उध्दार

काठमाडौं, ३२ साउन । नेपाली सेनाले पहिरो जोखिममा रहेका नागरिकको उध्दार गरेको छ । अविरल वर्षाका कारण तनहुँका शुक्लागण्डकी–४, पुल्चोकस्थित सेती नदि किनारामा रहेका ३ वटा घरहरूका परिवारका सदस्यहरुलाई सुरक्षित स्थानमा स्थानान्तरण गरेको हो ।

जमिन भासिएर सेती नदिमा खस्ने जोखिममा रहेकोले ३१ गतेको ७ बजेबाट १० बजेसम्म उक्त स्थानमा रहेका स्थानीय बासिन्दाहरुलाई नेपाली सेनाले अन्य निकायको समन्वयमा सुरक्षित स्थानमा स्थानान्तरण गरेको जनाएको छ ।

साथै, जोखिममा रहेका घरहरुबाट स्थानीयबासीको लत्ता कपडा, खाद्यान्‍न तथा भाडावर्तन लगायतका सामाग्रीहरु समेत सुरक्षित स्थानमा लगिएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);