एजेन्सी । अमेरिकाको हवाइ राज्यको जंगलमा भएको भीषण आगलागीमा परी ५५ जनाको मृत्यु भएको छ ।
हवाई राज्यको मावी टापुमा भीषण आगलागीका कारण एक सय जना वेपत्ता भएका छन् भने कयौँ घाइते भएका छन् ।
हवाईको इतिहास भीषण आगालागीका कारण लहाइनाको ८० प्रतिशतभुभाग विनाश भएको गर्भनर जोस ग्रिनलाई उदृत गर्दै अन्तराष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् । सो क्षेत्रमा घुम्न आएका दशौँ हजार पर्यटक समुन्द्रमा हाम फाल्न बाध्य भएका भएका छन् भने ११ सय घर विद्युतविहीन भएको अन्तराष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् ।
कम आद्रता र हावाहुरीका र सुख्खा वनस्पतिका कारण गत मंगलबारदेखि हवाईको जंगलमा लागेको डढेलो नियन्त्रणमा अग्नि नियन्त्रकहरुले प्रयासलाई जारी राखेका छन् ।
राष्ट्रपति जो बाइडेनले उक्त आगालागीलाई प्राकृतिक प्रकोप घोषणा गर्दै भएको क्षति न्युनिकरणका लागि कोष स्थापना गर्ने घोषणा गर्नुभएको छ ।