लगातार प्रतिनिधि सभा अवरोध भएपछि रास्वपाले संसद बाहिरनै चलायो संसद | ईमाउण्टेन समाचार

Our Network

मंसिर १२ २०८१, बुधवार

लगातार प्रतिनिधि सभा अवरोध भएपछि रास्वपाले संसद बाहिरनै चलायो संसद

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले बुधबार संसद बाहिरनै संसदको अभ्यास गरेको छ ।

लगातार प्रतिनिधि सभा बैठक अवरोध हुँदा जनताका कुरा राख्न नपाइएको भन्दै रास्वपाले संसद बाहिरबाट सभामुखलाई सम्बोधन गर्दै रचनात्मक विरोध गरेको हो ।

नयाँ बानेश्वरस्थित संघीय संसद भवनको मुलगेटमा रास्वपाका २० जना सांसदहरूले सभामुख देवराज घिमिरेलाई सम्बोधन गर्दै आ–आफ्ना कुरा राखेका थिए ।

प्रमुख प्रतिपक्षी नेकपा एमालेले सुन प्रकरण छानबिन गर्न उच्चस्तरीय समिति गठन गर्न माग गर्दै लगातार प्रतिनिधि सभा बैठक अवरोध गर्दै आएको छ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);