काठमाडौं । लुम्बिनी विकास कोषका नवनियुक्त उपाध्यक्ष डा. ल्हारक्याल लामाले आफुमाथि लागेका आरोप खण्डन कामबाट गर्ने दाबी गरेका छन् ।
सरकारले लामालाई लुम्बिनी विकास कोषको उपाध्यक्षमा नियुक्त गरेपछि सरकारको चर्को आलोचन भइरहेको अवस्थामा लामाले आज काठमाडौंमा अकस्मीक पत्रकार सम्मेलन गर्दै यस्तो बताएका हुन् । उनले आफुलाई अदालतले सफाइ दिइसकेको अवस्थामा पनि आफुलाई अपराधी करार गर्न खोजिएको आरोप लगाए ।
उनले आफूलाई राज्यले जब जिम्मेवारी दिन्छ तब आफूविरूद्ध लान्छाना लगाउने गिरोह संगठित रुपमा सक्रिय हुने गरेको आरोप समेत लगाएका छन् । लामाले केहि मिडियाहरु पनि आफुमाथि खनिएको आरोप लगाएका छन् ।
लामाले आफ्नो लागि उपाध्यक्ष पद जागिर नभएर जिम्मेवारी रहेको स्पष्ट पारे ।




