गौर घटनाः आन्दोलनरत पक्षसँग वार्ता गर्न सरकारले वार्ता टोली गठन गर्ने | ईमाउण्टेन समाचार

Our Network

असोज १५ २०८१, मंगलबार

गौर घटनाः आन्दोलनरत पक्षसँग वार्ता गर्न सरकारले वार्ता टोली गठन गर्ने

काठमाडौं । गौर घटनाका दोषीलाई कारबाहीको माग गर्दै केही दिनदेखि आन्दोलन गरिरहेका आन्दोलनरत पक्षसँग वार्ता गर्न सरकारले वार्ता टोली गठन गर्ने भएको छ ।

प्रधानमन्त्री प्रचण्ड र आन्दोलनरत पक्षबीच शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा छलफल भएको थियो । सो छलफलमा प्रधानमन्त्री प्रचण्डले गृहसचिवको नेतृत्वमा वार्ता टोली गठन गर्ने प्रतिबद्धता जनाउनुभएको छ ।

१७ वर्षअघि रौतहटको राइस मिलमा माओवादी र तत्कालीन मधेशी जनअधिकार फोरम नेपालबीच भएको झडपमा माओवादीका २७ जना नेता तथा कार्यकर्ताको मृत्यु भएको थियो । मृत्यु भएका परिवारले न्यायको माग गर्दै आन्दोलन गर्दै आएका छन् । प्रधानमन्त्री प्रचण्डले पीडितहरुको माग सम्बोधन गर्न गृहसचिवको नेतृत्वमा वार्ता टोली बनाउने र ठोस सहमतिका साथ अगाडि बढाउने प्रतिवद्धता जनाएको संघर्ष समितिका सदस्य रुपसागर उपाध्यायले बताउनुभयो ।

प्रधानमन्त्री प्रचण्डले आन्दोलनका कार्यक्रम स्थगित गर्न आग्रह पनि गर्नुभएको छ । आफूहरुको माग सम्बोधन भएपछि मात्र आन्दोलन स्थगित गरिने कुरा राखेको उपाध्यायले बताउनुभयो । पीडितहरुले रौतहटमा केही दिनदेखि प्रदर्शन गर्दै रिले अनसन सुरु गरेका थिए ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);