आजदेखि ‘अदृश्य’ रिलिज | ईमाउण्टेन समाचार

Our Network

कार्तिक २९ २०८१, बिहीबार

आजदेखि ‘अदृश्य’ रिलिज

काठमाडौं, १९ साउन । पीताम्वर फिल्म्सको प्रस्तुतिमा निर्माण भएको फिल्म ‘अदृश्य’ आजदेखि रिलिज भएको छ । प्रह्लाद काफ्लेको निर्माण तथा निर्देशन रहेको फिल्ममा अभिनेता प्रमोद अग्रहरी, सोहित मानन्धर र रिस्ता बस्नेतको मुख्य अभिनय रहेको छ ।

गत साउन ७ गते फिल्मको ट्रेलर सार्वजनिक भएको थियो । ट्रेलरमा राम्रै भिउज पाएका निर्माता काफ्लेले फिल्मको कथावस्तु दर्शकहरुले मन पराउनेमा विस्वस्त छन् । अहिलेसम्मका फिल्महरु भन्दा पृथक भएको उनको भनाइ छ ।

आइतबार डिएआर मुभिज युटयुब च्यानलमार्फत फिल्मको ट्रेलर सार्वजनिक गरिएको हो। ट्रेलरमा बलात्कार घटनाको छानबिन गरिएको देखाइएको छ। फिल्ममा प्रमोद, सोहित र रिस्तासँगै प्रविन खतिवडा, छुल्ठिम गुरुङ, रवी गिरी, सिएम भारद्धाज सुवेदी, विकेश प्रजापती, गीत विष्ट, सुरज विष्ट, जसिता घिमिरे, सन्दीपबाबु लोहनी, रुपेश दाहाल, सुजन बज्राचार्य, अजित रेग्मी, रुपेश थापा, प्रतिक भुजेल, अभिमान सिंह बस्नेतलगायत कलाकारको अभिनय देख्न सकिनेछ ।

उत्तम हुमागाईं र मोहनकुमार झिल्लुले छायांकन गरेको फिल्मलाई बनिष शाहले सम्पादन गरेका हुन्। फिल्ममा आकाश उखेडाको कथा, विशाल पौडेलको संगीत, संगीतकार पौडेल र सिमा संग्रौलाको गायन, शिशिर खातीको कोरियोग्राफी, मुकेश शाहको पाश्र्व संगीत, निशान घिमिरेको कलर छ । फिल्मलाई आरआर फिल्म्सले वितरण गर्दैछ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);