काठमाडौं,१८ साउन । सत्तारुढ नेकपा (माओवादी केन्द्र)को केन्द्रीय समिति बैठक आज पनि बस्ने भएको छ ।
बैठक कमलादिस्थित नेपाल प्रज्ञा प्रतिष्ठानको हलमा हिजोदेखि सुरु भएको हो । बैठकमा आज पनि केन्द्रीय सदस्यहरूले आफ्नो भनाइ राख्नेछन् ।
बैठक सुरू भएको पहिलो दिन नै १८ जनाले धारणा राखेका थिए । बैठकमा हरेक केन्द्रीय सदस्यलाई पाँच/पाँच मिनेट समय दिइएको छ ।